नेकपा एकिकृत समाजवादीमा एमालेका केन्द्रिय सदस्य सहित सुनसरीबाट ३५७ जनाले गरे प्रवेश

दिप खबर
पुस १८, २०७८

नेकपा एमालेका पूर्व केन्द्रिय सदस्य तथा जिल्ला पार्टी इन्चार्ज धर्मराज निरौला सहित ३ सय ५७ जना नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।
पार्टी केन्द्रिय सदस्य निरौलाको नेतृत्वमा ६७ जना एमालेका संगठित सदस्य, प्रदेश कमिटि सदस्य र जिल्ला समिति र गाउँपालिका स्तरिय सदस्यहरु सहित नेतृत्व तहमा पुगेका एमाले नेता कार्यकर्ता माधवकुमार नेपालको नेतृत्वमा रहेको नेकपा एसमा प्रवेश गरेका हुन् । निरौंलालाई नेकपा एसले पोलिटव्यूरो सदस्यको जिम्मेवारी समेत दिइएको छ ।

निरौला सहितका नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आइतबार सुनसरीको इटहरीमा आयोजना भएको समाजवादी निकट विद्यार्थीहरुको संगठन अनेरास्ववियूको प्रदेश एक स्तरिय अधिवेशनमा स्वागत गरेका छन् ।

कार्यक्रममा सम्बोधन गर्दै नेता धर्मराज निरौलाले माधवकुमार लगायतका नेता पार्टीबाट बाहिरिँदा पनि एमाले अध्यक्ष ओलीलाई केहि परिवर्तन गर्न सकिन्छ कि भनेर अन्तरपार्टी संघर्षमा लागेको र त्यो असम्भव भएपछि पार्टी परित्याग गर्नुको बिकल्प नरहेको स्पष्ट पारेका छन् ।

निरौलाले ओली नेतृत्वको एमाले अव भौतिकवादी नरहेको र व्यावहारिक रुपमाले समेत कम्युनिष्ट नरहेकोले आफुहरु कम्युनिष्ट पार्टी नेकपा एसमा समाहित हुन आईपुगेको बताए ।

कार्यक्रममा बोल्दै निरौलाले सुनसरीमा नेकपा एमालेको अधिवेशन पछि थुप्रै नेता तथा कार्यकर्ताहरु नेकपा एसमा आउने दावी गरेका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP