सुर्खेतमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दैलेखको महाबु गाउँपालिका–५ का २१ वर्षीय भुवन शाही रहेका प्रहरीले जनाएको छ । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको भे २ त ११५७ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर–७ स्थित नागमोडमा अनियन्त्रित भएर ट्र्याक्टर दुर्घटना भएको हो ।
ट्र्याक्टर मोडबाट ५० मिटर तल खसेको ट्राफिक इन्चार्ज उपेन्द्रप्रसाद आचार्यले जानकारी दिए । ट्र्याक्टरमा सहचालकसहित अन्य तीन जना पनि सवार थिए । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले बताएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP