पाल्पाको रिब्दिकोट गाउँपालिका–३ लघुवामा मलामी बोकेर जाँदै गरेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु र १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बस दुर्घटनामा परी घाइते भएकाहरूको पहिचान खुलेको छ । घाइते हुनेमा बुटवल–१७ का ३८ वर्षीय विशाल रसाइली, अर्घाखाँची कुभिण्डेका ४३ वर्षीय लालबहादुर विक, बुटवल–१७ का ४५ वर्षीय घनबहादुर सुनार, सैनामैना–६ का ५० वर्षीय श्यामबहादुर विक, अर्घाखाँची मालारानी–२ का ३७ वर्षीय रमेश टोमटा रहेका छन् ।
यस्तै अर्घाखाँची डाँडाकटेरी–१ का ५४ वर्षीय गोपाल नेपाली, सैनामैना–६ रुपन्देहीका २९ वर्षीय मिरा रामधान, बुटवलका ४८ वर्षीय माधव बस्याल, मालारानी अर्घाखाँचीका २२ वर्षीय दीपक विक र तुलसी विक पनि घाइते भएका प्रहरीले जानकारी दिएका छन् ।
घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ र घटना बारे विस्तृत जानकारी आउन बाँकी नै रहेको प्रहरीले जनाएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP