सीके राउतका कार्यकताहरु र प्रहरी बिच झडप

दिप खबर
पुस १८, २०७८

सीके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको चक्काजामका क्रममा धनुषामा सीके राउतका कार्यकर्ता र प्रहरी बिच झडप भएको छ । झडपमा प्रहरी सहित ६ जना घाइते भएका छन् । आइतबार मध्याह्न धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित पोर्ताहामा झडप भएको हो । जनमत पार्टीका कार्यकर्ता राजमार्ग अवरुद्ध गरेपछि प्रहरी टोली खुलाउन गएको थियो । 

प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा जनमत पार्टीका कार्यकर्तासँग झडप भएको र झडपका क्रममा दुई जना प्रहरी र चार जना प्रदर्शनकारी घाइते भएको जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रहरी नायब उपरीक्षक (एसपी) जितेन्द्रकुमार बस्नेतले बताएका छन् । प्रहरीले बल प्रयोग गर्दा जनमत पार्टीका कार्यकता नथुनी यादव, विजय यादव, रामदयाल मुखिया र बैजनाथ यादव घाइते भएको जनमत पार्टीले जनाएको छ । स्थिति सामान्य बनाउने प्रयास भइरहेको एसपी बस्नेतले बताएका छन् । 

जनतम पार्टीका कार्यकर्ताले प्रहरी माथि ढुङ्गा, मुडा प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरिएको बस्नेतले बताए । स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी परिचालन गरिएको छ र राजमार्ग क्षेत्रमा तनाव जारी नै रहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP