सर्लाहीको ईश्वरपुर नगरपालिका-३ बयलबासमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको ज्यान गएको हो । सागरनाथबाट बयलबास जाँदै गरेको बा १९ प ७१९७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोक्किएको हो । दुर्घटनामा मृत्यु हुने ईश्वरपुर नगरपालिका-१० घर भएका २२ वर्षका अरुण सिंह, २० वर्षका श्रगम विक र २२ वर्षका रोहण सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो ।
गम्भीर घाइते भएका तीनै जनालाई अस्पताल मलङ्गवा पुराइए पनि डाक्टरले मृत घोषित गरेका थिए । मृतक तीनै जना एउटै मोटरसाइकलमा रहेका प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP