त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चाउचाउको कार्टुनमा लुकाएर राखेको ५० लाख रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरिएको छ । सौर्य एयरलाइन्समार्फत शनिवार विराटनगरबाट काठमाडौँ पठाइएको सो रकम विशेष सुराकीका आधारमा विमानस्थल सुरक्षा कार्यालयले नियन्त्रणमा लिएको हो ।
करेन्ट चाउचाउको कार्टुनभित्र राखिएको उक्त रकमसहित विमानस्थलमा सङ्कलन गर्न आएकी सौर्य एयरलाइन्सकी कर्मचारी रेखा शाक्य पोखरेललाई पक्राउ गरिएको प्रहरीले बताएका छन् । उनी सौर्य एयरलाइन्सको काठमाडौँ कार्यालयमा असिस्टेन्ट पदमा कार्यरत रहेकी छिन् ।
चाउचाउको कार्टुनभित्र उक्त रकम फेला परेको र बरामद रकमसहित पोखरेललाई अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको प्रहरीले जनाएको छ । १० लाखभन्दा बढीको कारोबार बैङ्किङ प्रणालीमार्फत गर्नुपर्ने कानुनी प्रावधान छ । थप अनुसन्धान भई राखेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP