कोलोराडोको वनमा लागेको डढेलोबाट १ हजार बढी घर जले, हजाराँै मानिसहरू विस्थापित

दिप खबर
पुस १८, २०७८

अमेरिकाको कोलोराडोमा डढेलोबाट शनिवार सम्म ३ जना मानिसले ज्यान गुमाएका छन् भने अन्य केही मानिस घाइते भएको अन्तर्राष्ट्रिय समाचारले जनाएको छ । डढेलोपछि सो क्षेत्रमा बसोबास गर्दै आएका करिब ३४ हजार मानिस घर छोड्न बाध्य भएका थिए । अधिकारीहरूले शनिवार बताएअनुसार सुपेरियर र लुइसभिल्ला सहरका १ हजारभन्दा बढी घरहरू जलेर नष्ट भएका हुन् । डढेलोले दुई घण्टामा मात्र २४ सय हेक्टर क्षेत्रफल विनाश गरेको छ । 

विनाशकारी डढेलो निभेपछि सो क्षेत्रमा २० सेन्टिमिटरसम्म हिउँ परेको समेत अधिकारीहरूले बताएका छन् । अमेरिकाका विज्ञहरूले जलवायु सङ्कटका कारण सहरी क्षेत्रमा समेत डढेलो फैलिएको चेतावनी दिएका छन् । पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण कोलोराडो क्षेत्रले चरम सुख्खा र खडेरीको सामना गरिरहेको छ । अघिल्ला वर्षहरूको तुलनामा पछिल्ला वर्षहरूमा वनजंगलमा लाग्ने डढेलोले झनै विनाशकारी रूप लिने गरेको बताइएको छ । 

बिहीबार लागेको डढेलो अनियन्त्रित बन्दा कोलोराडोको डेन्भर महानगरपालिका क्षेत्रका दुई वटा सहरमा करिब १ हजारभन्दा बढी घर जलेर खरानी भएको अमेरिकी सञ्चार माध्यमले बताएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP