दाङमा ट्रकको ठक्कर बाट एकको मृत्यु

दिप खबर
पुस १८, २०७८

दाङमा ट्रकले ठक्कर दिँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ६० वर्षीय पुरुष रहेका छन् । उनको सनाखत हुन भने बाँकी नै रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । राप्ती गाउँपालिका ­५ लठुवामा राति करिब १० बजेतिर पैदल हिँडिरहेका उनलाई लु १ ख ९६४७ नम्बरको मिनी ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । 

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । फरार ट्रक चालकको खोजी भइरहेको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP