आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । संसद सचिवालयका अनुसार नेकपा माओवादी केन्द्रको महाधिवेशन चलिरहेकाले बैठक स्थगित भएको हो । बैठक आज दिउँसो १ बजे बोलाइएको थियो ।बैठक स्थगितबारे केही बेरमा सूचना प्रकाशित गर्ने संसद सचिवालयले जनाएको छ ।
प्रतिनिधि सभा बैठक अगाडि बोलाइएको प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरुद्ध गर्दै आइरहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP