प्रहरी जवान पदको खुल्ला लिखित परीक्षामा २ नक्कली परीक्षार्थी पक्राउ

दिप खबर
पुस १८, २०७८

सशस्त्र प्रहरीको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिँदै गरेका दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छ । पक्राउ पर्नेहरूमा बागलुङ ढोरपाटन नगरपालिका ६ बस्ने १८ वर्षीय निल कुमार अदै र  धनकुटा सहिदभूमी गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई छन् । उनीहरूलाई शनिवार पक्राउ गरिएको हो ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा  अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पलकीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा सौहार्द राईले परीक्षा दिन लाग्दा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

यस्ता किसिमको अपराध क्रम रोक्न प्रहरी अझै सक्रिय रहने प्रहरीले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP