सङ्खुवासभामा एक युवकको जलेर ज्यान गयो

दिप खबर
पुस १८, २०७८

सङ्खुवासभाको भोटखोला गाउँपालिका–५ लुङसुङमा कटेरोमा आगो लाग्दा जलेर एक जनाको ज्यान गएको छ । चार जना साथीसँग काठ चिर्न जङ्गल जानुभएका २३ वर्षीय पङ्खामान राईका आगलागीमा परि ज्यान गएको हो । काठ चिर्न जङ्गल जानुभएका पङ्खामान बसेको कटेरोमा आगलागी हुँदा उहाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक (डिएसपी) लालध्वज सुवेदीले बताउनु भएको छ ।

पङ्खामानलाई एक्लै छोडेर चार जना साथी खाद्यान्न लिन गाउँतर्फ गएको बेला कटेरोमा आगलागी भएर ज्यान गएको सुवेदीले बताउनु भयो । साथीहरू फर्किएर कटेरोमा पुग्दा पङ्खामान जलेर ज्यान गइसकेको अवस्था भेटिएको प्रारम्भिक जानकारी आएको सुवेदीको भनाइ छ । घटनाबारे थप अनुसन्धान भइरहेको (डिएसपी) लालध्वज सुवेदीले बताउनु भएको छ । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP