भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै फिल्म ‘आरआरआर’को प्रदर्शन पनी रोकिएको छ । आगामी शुक्रबार रिलिज हुने भनिएको फिल्म पोस्टपोन्ड भएको जानकारी निर्देशक राजामौलीले दिएका छन् । भारतमा ओम्रिकोन भाइरसका संक्रमित बढ्न थालेसँगै प्रदर्शनका लागि तयार भएका फिल्म भकाभक सर्न थालेका छन् । केही दिनअघि मात्र ‘जर्सी’ फिल्मले प्रदर्शन मिति रोकेपछि यसपछि प्रदर्शनको तयारीमा रहेको ‘आरआरआर’ ले के गर्ला भन्ने कौतुहल दर्शकमा थियो ।
उचित समयमा फिल्मको प्रदर्शन मिति घोषणा गरिने जनाइएको छ । स्वास्थ्यकर्मीले फेब्रुअरीमा भाइरस उचाइमा पुग्ने र जनवरीदेखि नै संक्रमण तीव्र रुपमा फैलने बताए पछि सरकारले स्वास्थ्य मापदण्डमा कडाइका साथ अपनाउन थालेको हो । यसैबीचमा दिल्ली सरकारले सिनेमा हल बन्द गर्ने निर्णय नै गरिसकेको छ ।
यी सब घटनाक्रम भइरहँदा ‘आरआरआर’ पनि सर्ने मनस्थितिमा पुगेको र बेलुकीसम्म औपचारिक रुपमा निर्माताले घोषणा गर्ने बलिउड हंगामाले समाचार लेखेको छ । निर्माताले फिल्म आउँदो शुक्रबार प्रदर्शन नहुने कुरा प्रदर्शनलाई जानकारी पठाइसकेको उक्त समाचारमा उल्लेख छ । यो फिल्मको लगानी हाराहारी ४ करोड रहेको बताइएको छ । बाहुबली फेम्ड निर्देशक राजामौलीको यो फिल्म नेपालमा समेत बहुप्रतीक्षित थियो । फिल्मको प्रदर्शन नसार्ने केही दिनअघि निर्माता तथा निर्देशक एसएस राजामौलीले बताएका थिए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP