पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोनासङ्क्रमण पुष्टि

दिप खबर
पुस १७, २०७८

पछिल्लो २४ घण्टामा ३८२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । २० हजार ९५९ जनाको परीक्षण गर्दा ३८२ जनामा सङ्क्रमण पुष्टि भएको र हालसम्म ४ हजार ९६९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैनन् भने थप २५२ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण बाट मुक्त हुनेको सङ्ख्या ८ लाख १२ हजार २१० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


यस्तै गरी ५ सयभन्दा बढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर छन् । २ सयभन्दा बढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन् । त्यसै गरी भाइरसविरुद्धको खोप लगाएकाको संख्या पछिल्लो समय ५९ हजार ११२ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP