माओवादी केन्द्रको महाधिवेशनमा नेतृत्वलाई सुधार्ने विषयमा बहस भइरहेको छ । माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले सामान्य जीवनशैली अपनाउनेदेखि छोराछोरी सामुदायिक विद्यालय, कलेजमा पढाउनुपर्ने छलफल चल्दै गर्दा शिक्षामन्त्री देवेन्द्र पौडेल ‘सुनिल’ की छोरी गरिमा पौडेल उच्च शिक्षा अध्ययनका लागि अमेरिकातिर लागेकी छिन् । अमेरिकामै अध्ययनरत गरिमा यसबिचमा नेपाल आएकी थिइन् । उनका बाबु देवेन्द्र पौडेल अहिले शिक्षामन्त्री छन् ।
सामान्य जीवनशैली अपनाउने देखि लिएर छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउने भनिए पनि अधिकांश माओवादी नेताका छोराछोरी महँगा निजी विद्यालय तथा विदेशमा गएर अध्ययन गर्दै आएका छन् । यसैबिच माओवादी अध्यक्ष पुष्पकमल दाहालकै नाति देशकै महँगोमध्येको एक युलेन्स स्कुलमा अध्ययन गर्ने गरेको प्रसङ्ग बाहिरिएको छ । माओवादीले द्वन्द्व कालमा बुर्जुवा शिक्षा लिन नहुने भन्दै जनताका छोराछोरीलाई बन्दुक भिराएर युद्धमा सहभागी गराउँदा नेताका छोराछोरी विदेशमा अध्ययन गरिरहेका थिए ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेताहरूले जनताका छोराछोरीलाई शिक्षा लिनबाट वञ्चित गरेर आफ्ना छोराछोरीलाई स्वदेश र विदेशका राम्रा विद्यालय तथा विश्वविद्यालयमा पढाएको भनेर विरोध गर्दै आएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP