सर्लाहीमा चौथो दीन पनि निषेधाज्ञा जारी

दिप खबर
पुस १६, २०७८

सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयसवालमा बजारमा लागू गरिएको निषेधाज्ञा आज चौथो दिन पनि जारी नै छ । प्रहरीको भ्यानले ठक्कर दिँदा  व्यापारी रामकुमार महतोको मृत्यु भएपछि यही पुस १३ गतेदेखि नै निषेधाज्ञा जारी गरिएको थियो । मृतकका परिवारलाई राहत स्वरूप रु १० लाख उपलब्ध गराउने लगायत छ बुँदे सहमति भए पनि जिल्ला प्रशासन कार्यालयले तेस्रो पटक निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार बेलुकी देखि लागू हुने गरी आज ७ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । शान्ति सुरक्षा कायम राख्न निषेधाज्ञा लम्ब्याइएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । ईश्वरपुर घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिएको गौतमले जानकारी दिए । 

प्रदेश २ प्रहरी कार्यालय दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयाँलका नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिइएको प्रहरीले जानकारी दिएका छन । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP