इरानले गर्‍यो रकेट प्रक्षेपण

दिप खबर
पुस १६, २०७८

इरानले बिहीबार तीन वटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरेको त्यहाँ स्थानीय सञ्चार मध्यमले लेखेका छन् । विगतमा गरिएको परीक्षण विफल भएपछि इरानले अमेरिकाबाट निकै आलोचना सहनु परेको थियो । इरानका रक्षा मन्त्रालयका प्रवक्ताको भनाई लाई उद्धृत गर्दै डी डब्लूले लेखेको छ, ‘सिमोग्रह रकेट सफलता पूर्वक प्रक्षेपण गरिएको छ ।’ 

इरानको सरकारी टेलिभिजन लगायत इरानका अन्य अर्धसरकारी समाचार निकायहरूले कुन समय सो प्रक्षेपण गरिएको र त्यसमा केके उपकरण राखिएको भन्ने उल्लेख गरेका छैन । तीन वटा उपकरण राखिएको एउटा भूउपग्रह बोक्ने रकेट अन्तरिक्षमा प्रक्षेपण गरिएको यो पहिलो पटक रहेको इरानको सरकारी सञ्चार माध्यमले जनाइएको छन् । तर यस्तो कुनै वस्तु पृथ्वीको कक्षमा प्रवेश गरेको भन्ने तथ्य स्पष्ट भइसकेको छैन । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP