खराब मौसमका कारण आज बिहानैदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विदेशबाट आएर काठमाडौँ र सिमराको आकाशमा होल्डमा रहेका विमानहरूले अवतरण गरेका छन् । यस्तै आन्तरिक उडान तथा अवतरण पनि सुरु भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ । दोहा र दुबईबाट आएका ४ विमानले अवतरण गरेका छन् भने आन्तरिक उडान पनि सुरु भएको छ । आज बिहान बाक्लो हुस्सुका कारण भिजिबिलिटी दर शून्य अवस्थासम्म पुगेका कारण विमानस्थल बन्द रहेको थियो ।
विमानस्थल बन्द हुँदा ४ विमानलाई भारत र बङ्गलादेशका एयरपोर्टमा डाइभर्ट गरिएको थियो । खराब मौसमका कारण विदेशबाट आएका ८ अन्तर्राष्ट्रिय उडानले काठमाडौँदेखि सिमराको आकाशमाथि कैयौँ पटक चक्कर काटेका थिए । आकाशमै इन्धन सकिन लागेपछि ३ वटालाई बङ्गलादेशको ढाका एयरपोर्ट एक विमानलाई कलकत्ता डाइभर्ट गरिएको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ ।
कुवेतबाट आएको जजिरा एयरका २ विमान र दमामबाट आएको हिमालयन एयरको १ विमानलाई ढाकामा अवतरण गरेका छ । फ्लाई दुबईको विमान कलकत्ता एयरपोर्ट डाइभर्ट भएको त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP