भक्तपुरमा आफ्नै घरको चौथो तलाबाट खसेर एक किशोरीको मृत्यु भएको छ । भक्तपुर नगरपालिका वडा नं१० कमलबिनायकमा बस्ने हरिनारायण सितिखुकी १५ बर्सिया छोरी सुनेना सितिखुको मृत्यु भएको हो ।
प्रहरी परिसर भक्तपुरको अनुसार सुनेना आफ्नै घरको चार तलाबाट खसेर गम्भीर घाइते भएकी थिइन । सुनेनालाई उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको महानगरीय प्रहरी भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रजु पाण्डेले जानकारी दिए ।
घटना स्थलको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP