कोरोनाका कारण भारतमा एकै दीन २२० जनाको मृत्यु

दिप खबर
पुस १६, २०७८

भारतमा पछिल्लो २४ घण्टामा कोभिड­१९ का कारण १६ हजार ७४६ जना नयाँ सङ्क्रमित थपिएका साथै कोरोनाबाट थप २२० जनाले ज्यान गुमाएका छन् । भारतीय समाचार अनुसार पछिल्लो २४ घण्टामा ७ हजार ५८५ जना डिस्चार्ज भएका छन् । यसअघि डिसेम्बर ३० मा १३ हजार २५४ जनामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस्तै डिसेम्बर २९ मा ९ हजार १९५ जनामा सङ्क्रमण भेटिएको  थियो । 

भारतमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ३ करोड ४८ लाख ३८ हजार ८०४ पुगेको र कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९१ हजार ३६१ रहेको छ । यस्तै हालसम्म कोरोना सङ्क्रमणबाट रीकभर हुनेको सङ्ख्या ३ करोड ४२ लाख ६६ हजार ३६३ जना रहेका र मृत्यु हुने ४ लाख ८१ हजार ८० जना रहेका छन् ।

यस्तै पछिल्लो समय भारतमा कोरोना भाइरसको नयाँ भेरिअन्ट ओमिक्रोनबाट सङ्क्रमित हुनेको सङ्ख्या १२ सय ७० पुगेको छ । महाराष्ट्रमा ४५० दिल्लीमा ३२० जना र अन्य स्थानमा ४०० बढीमा ओमिक्रोन पुष्टि भएको भारतीय मिडियाले जानकारी दिएका छन् । हालसम्म २३ राष्ट्र भन्दा बडी राष्ट्रहरूमा नयाँ भेरिअन्ट ओमिक्रोन फैलिइसकेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP