हिउँद याममा भारी हिमपात हुने भएका कारण केही महिना मध्य पहाडी लोक मार्ग अनियमित हुने गरेको छ । मध्य पहाडी लोक मार्ग हुँदै रुकुम पूर्वबाट देशका विभिन्न ठाउँहरूमा जाने गाडी चल्ने गरेका छन् । तर, हिमपातका कारण लोक मार्ग अवरुद्ध भएपछि यातायातहरू र यात्रुहरू समस्यामा परेका छन् ।
मङ्गलवार साँझ देखि बुधवार रातिसम्म दुई दिन निरन्तर परेको हिउँले मध्य पहाडी लोक मार्ग अवरुद्ध पारेको छ । सडकमै झन्डै दुई फिट हिउँ जमेको छ । हिउँका कारण सडक अवरुद्ध भएपछि पूर्व–पश्चिम दुवैतर्फबाट आएका सवारी साधन गन्तव्यतर्फ जान नपाई आफ्नै स्थानतर्फ फर्किएका प्रहरीले जनकारी दिएका छन् ।
बुधवार बिहानैबाट रुकुम पूर्वबाट काठमाडौँ सहित देशका विभिन्न ठाउँहरूका लागि गाडीहरू छुट्न नसकेको यातायात व्यवसायीहरू बताउँछन् । सडक प्रयोग गर्ने अन्य सवारी साधनले पनि वैकल्पिक सडकको प्रयोग गरिरहेको सवारी चालक बताउँछन् । विशेष गरेर पोखरा, काठमाडौँ जाने र उताबाट फर्किने सवारीसाधन र यात्रीहरूलाई हिउँले छेकेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP