दाङमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । गाडीको ठक्कर बाट आज बिहान दंगिशरण गाउँपालिका ६ बस्ने सुमन केसीको मृत्यु भएको हो । तुलसीपुर सुर्खेत सडक खण्ड अन्तर्गत दंगिशरण ६ को श्री गाउँमा केसीलाई गाडीले ठक्कर दिएको हो । ठक्कर दिने गाडीको पत्ता लागेको छैन ।
केसीलाई आज बिहान ४ बजेतिर गाडीले ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए । सडकमा घाइते अवस्थामा भेटिएका केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको डिएसपी अर्यालले जानकारी दिएका छन् । शव लाई राप्ती प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।
ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनापछि मृतक परिवारका आफन्तले दोषीको पहिचान गरी कारबाहीको माग गर्दै तुलसीपुर हापुरे सडक खण्ड अवरुद्ध पारेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP