इटहरी,
अग्रेजी नयाँ वर्ष (इभ) को अवसरमा इटहरी ६ स्थित विरेन्द्र चोकमा (गोलो चोक) नेपालका चर्चित गायक अलमोडा राना उप्रेती आउने भएका छन । नेपाली गीत संगीतको क्षेत्रमा पप र लोकको फ्युजन मिलाएर नयाँ नयाँ सृजना पस्कन सफल स्रष्टा हुन गायक उप्रेती ।
नेपालमा पछिल्लो समय अग्रेजी नयाँ वर्ष (इभ) लाई समेत विषेश तरहबाट मनाउने परम्परा सुरु भएको र मानिसले शान्त वतावरणमा पारिवार ,साथिभाई सगै रमाउदै नयाँ वर्ष मनाउने हुदा शनिबार बेलुका (जनवरी १ तारिक ) मा कार्यक्रम आयोजना हुने कंचनजंगा लाउन्जका आउटरिच प्रमुख रोयल सिहले जानकारी दिए । सिहका अनुसार यो कार्यक्रम निशुल्क रहेको र उक्त कार्यक्रममा सागितक कार्यक्रम ,मिस्सोलोजी सम्बन्धी कला प्रदर्शन गर्ने जानकारि दिए ।
यस कार्यक्रमको प्रयोजकको रुपमा ब्डबाइजर बियर , प्रिन्सेस वाइन ,यर्शागुम्बा र रुस्लान भोड्का रहेका छन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP