भारतको समुदाय स्तरमा ओमिक्रोनको सङ्क्रमण दर बढ्दो क्रममा

दिप खबर
पुस १५, २०७८

भारतको राजधानी नयाँ दिल्लीमा समुदाय स्तरमा कोरोनाभाइरसको नयाँ भेरिअन्ट ओमिक्रोन फैलिरहेको पाइएको छ ।  दिल्लीमा कूल सङ्क्रमितमध्ये ४६ प्रतिशत ओमिक्रोन सङ्क्रमित रहेको छन् । पछिल्लो २४ घण्टामा ९२३ जना नयाँ सङ्क्रमित थपिएका र सङ्क्रमण दर बढ्दो क्रममा रहेको स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेका छन् ।

भारतमा कोरोना भाइरसको नयाँ सङ्क्रमितहरूको सङ्ख्या बढेर १३ हजार १५४ पुगेको छ । जसमध्ये ओमिक्रोनबाट सङ्क्रमित ९६१ रहेका छन् । दिल्लीमा मात्र २६३ जना ओमिक्रोनबाट सङ्क्रमित रहेको स्वास्थ्य मन्त्री सत्येन्द्र जैनको भनाई रहेको छ ।

पछिल्लो दिनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राज्यमा ‘येलो अलर्ट’ घोषणा गरेका थिए । यसमा कयौँ स्वास्थ्यका मापदण्डहरू थप गरिएका छन् । जस्मा सिनेमा घर, जिम, स्कुल, कलेज आदि बन्द गरिएको हो । तर, जुन दरमा कोरोना सङ्क्रमित बढिरहेका छन्, आगामी दिनमा स्थिति अझै खराब हुनसक्ने भारतका विज्ञहरूले बताएका छन् । 

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP