काठमाडौँको चन्द्रागिरिमा एक युवकको शव फेला परेको छ । चन्द्रागिरि ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
बिहीबार बिहान शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर प्राप्त गरे पत्सात महानगरीय प्रहरी परिसर काठमाडौँ, अपराध महाशाखाको टोली घटनास्थल गएको प्रहरी जानकारी दीएका छन् ।
फरेन्सिक चिकित्सकसहितको टोलीले घटनाबारे अनुसन्धान गरिरहेको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक चन्द्र कुवेर खापुङले बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP