धेरै जसो वैदेशिक रोजगारमा जाने नेपाली श्रमिकहरूको प्रमुख श्रम गन्तव्य देश साउदीमा पछिल्लो समयमा कोरोना सङ्क्रमणको दर बढेको छ ।
केही समय अघिसम्म दैनिक कोरोना संक्रमणदर ३० जनाभन्दा कम रहेको थियो भने अहिले दैनिक ७ सय माथि पुगेको छ । यसरी संक्रमणदर ह्वात्तै बढेका कारण, त्यहाँको सरकारले स्वास्थ्य सावधानीका उपाय अपनाउन आग्रह गरेको छ ।
आजदेखि लागू हुने गरी साउदी सरकारले बाहिर निस्किदा वा कार्यस्थलमा जाँदा अनिवार्य मास्क लगाउनुपर्ने र डेढ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने नियम बनाएको छ । साउदीमा रहेका नेपालीहरूलाई पनि स्वास्थ्य मापदण्डको पालना गर्न रियादमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । सङ्क्रमण स्तर अझै बढेमा त्यहाँको सरकारले स्वास्थ्य मापदण्ड पनि कडै अपनाउने अन्तर्राष्ट्रिय सञ्चारले जानकारी दिएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP