परराष्ट्रमन्त्री डा. नारायण खड्काले वैधानिकरुपमा नेपालीहरू वैदेशिक रोजगारीका निम्ति विश्वका ७६ देशमा पुग्ने गरेका छन् । उक्त नेपालीको हकहितको रक्षा गर्दै सुरक्षित आप्रवासनका मुद्दाहरूलाई द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा सरकारले प्राथमिकताका साथ उठाउँदै आएको उनले बताएका छन् ।
डा. नारायण खड्काले ‘फ्री भिसा, फ्री टिकट’ प्रणालीलाई व्यवस्थित गर्न दुवै मन्त्रालयबिच घनीभूत छलफल एवं नीतिगत सहकार्य हुनुपर्नेमा जोड दिने बताएका छन् । विश्वको श्रम बजारमा ६० वर्षभन्दा माथिका पुस्ताको सङ्ख्या अधिक भएको र श्रमिकको आवश्यकता बढिरहेको सन्दर्भमा दक्ष जनशक्ति विदेश गएमा आम्दानी पनि बढ्ने उनले बताए ।
उनले श्रम बजारमा नेपालीहरूको माग बढी रहेको बताएका छन् । विप्रेषण प्रवाहले अर्थतन्त्रलाई चलायमान बनाउँदा देशबाट गरिबी क्रमशः कम हुँदै गएको तथा निरपेक्ष गरिबीको रेखामुनि अहिले पनि १८ प्रतिशत नेपाली रहेको र उनले सन् २०३० सम्ममा गरिबीलाई एकल अङ्कमा झार्ने सरकारको लक्ष्य रहेको पनि सुनाएका छन् .
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP