कोइला बालेर सुत्दा निसास्सिएर, एकै परीवारका चारको मृत्यु, तीन घाईते

दिप खबर
पुस १५, २०७८

नेपालगञ्जमा कोईला बालेर सुत्दा निस्सासिएर एकै परिवारका चारजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् । मृत्यु हुनेहरुमा धर्मप्रसाद भट्टराई, उनका तीन महिनाको छोरा इसन, आमा कोपिला र दिदी नन्दाकली रहेको प्रहरीले जनाएको छ । धर्मप्रसादकी श्रीमती सुशीला, तीन वर्षको छोरा दिवस र भाइ नरेन्द्र घाइते छन् । उनीहरुको भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


जाडो बढे सँगै जाडोबाट जोगिनका लागि कोइला बालेर सुतेकाहरुको निस्सासिएर बुधबार राति मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धान ले जनाएको छ । भेरी अस्पताल नेपालगञ्जमा कार्यालय सहयोगीको रुपमा कार्यरत धर्मप्रसाद भट्टराईको परिवारका चारजनाको घटना स्थलमै मृत्यु भएको प्रहरीको भनाई रहेको छ । चिसो धेरै बढेको कारण टीनको डब्बामा कोइला बालेर सुतेका उनीहरुको निस्सासिएर मृत्यु भएको प्रहरीको आँकलन रहेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP