भारतको नयाँ दिल्लीमा फेरि ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण दर बढ्न थाल्यो । सङ्क्रमण बढ्न थालेपछि ‘येलो अलर्ट’ भनिने चेतावनी जारी गरिएको छ । कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्टबाट सङ्क्रमण बढेको देखिएपछि दिल्ली सरकारले त्यस्तो घोषणा गरेको हो ।
दिल्लीमा तीन दिनयता सङ्क्रमितहरूको दर निरन्तर बढिरहेको छ । चेतावनीसँगै चलचित्रघर र व्यायामशाला बन्द भए पनि शपिङ सेन्टर र पसलहरू जोरबिजोर दिनका आधारमा बिहान १० बजेदेखि राति ८ बजेसम्म खुला रहने आदेश जारी गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
दिल्लीमा यसअघि नै राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरिएको छ । विद्यालय र क्याम्पसहरू बन्द भइसकेका छन् । विवाहमा बढीमा २० जनासम्म मात्रै सहभागी हुन पाउने व्यवस्था गरिएको बीबीसी हिन्दीले जनाएको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP