शिक्षक सेवा आयोगले सातवटै प्रदेशमा खुला, समावेशी सिट छुट्याएर प्रा.वि. तृतीय तहका लागि बुधबार विज्ञापन आह्वान गरेको हो । आयोगले प्राथमिक तहमा १३ हजार ९३ शिक्षकका लागि दरखास्त आह्वान गरेको छ ।
सबैभन्दा बढी कोटा खुलामा ७ हजार २०३ रहेको छ । योग्यता पुगेका नेपाली नागरिकले १३ माघसम्म नियमित र २० गतेसम्म दोब्बर दस्तुर तिरेर दरखास्त दिन सक्ने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । आयोगले नि.मा.वि. र मा.वि. तहमा शिक्षकका लागि यसअघि नै विज्ञापन आह्वान गरिसकेको छ ।
यसअघि आयोगले मा.वि. र नि.मा.वि. तहमा पनि विज्ञापन खुलाइसकेको छ ।
विज्ञापन
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP