सिरहामा हट्यो निषेधाज्ञा

पुस १४, २०७८

सिरहामा गहुँको बिउ भण्डारण गरेको गोदामको ताला फोडेर बिउ लुटपाट र सवारीसाधन आगजनी तथा तोडफोड गरेको आरोपमा १८ जना पक्राउ परेका थिए । स्थानीय प्रशासनले मंगलबार बिहानदेखि बुधवार बेलुकी सम्म जारी गरेको निषेधाज्ञा मंगलबार साँझबाट हटाएको साथै पक्राउ परेका १८ जना किसानहरुलाई पनी रीहा गरेको छ ।


प्रहरीले पक्राउ गरेका किसानको रिहाइ लगायत सातबुँदे मागसहित सिके राउत नेतृत्वको जनमत पार्टीले आह्वान गरेको हडताल उग्र बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।

मंगलबार र बुधबार स्थानीय प्रशासन ऐन २०२८ को दफा (२) र (३) अनुसार पूर्वमा बलान नदीदेखि पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्र र चोहर्वा देखि जिल्ला सदरमुकाम सिरहा पिके इन्टरप्राइजेज (पेट्रोल पम्प)सम्मको सडक र उत्तर दक्षिण पाँच सय मिटर आसपासका क्षेत्रमा जारी गरेको निषेधाज्ञा मंगलबार साँझ बाट हटाइएको सीरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP