झापामा मोटरसाइकल दुर्घटना हुँदा तीन युवाको मृत्यु

पुस १४, २०७८


मंगलबार राति साढे १० बजे दमक–२ भाङबारीमा मोटरसाइकलको दुर्घटनाहुँदा तीनजना युवाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार खोटाङ चिसापानी– ४ का २३ वर्षीय अमित विक, ताप्लेजुङ भुइँखोला–३ का १९ वर्षी अनिल विक र चितवन राप्ती–४ का १९ वर्षीय किसन विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले जानकारी दिए ।


प्र–१–०२–०४३–प ६९२६ नं को मोटरसाइकल अनियन्त्रित भइ सडक किनारको रुखमा ठोक्किँदा त्यसमा सवार तीन जना युवाको मृत्यु भएको पहरीले जनाएको छ ।


घटनाका बारे थप अनुसन्धान जारी रहेको जिल्लाप्रहरी कार्यालय झापाले जनाएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP