आज देशभर मौसम बदली भई देशैभरका उच्च पहाडी र हिमाली क्षेत्रमा पनि हिमपात भएको बताइएको छ । देशका कतिपय स्थानमा गए रातिदेखि नै वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै नागरीकले तातो लुगाको प्रयोग गर्न र बालबालीकाहरु तथा बृद्धबृद्धाहरुको बिषेस ख्याल राख्न महाशाखाले सुझाएको छ ।
मंगलबार राति वर्षासँगै हिउँ परेपछी तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सीमावर्ती क्षेत्र तिनजुरे, मिल्के र जलजले क्षेत्रमा बाक्लो हिमपात हुँदा जनजीवन प्रभावित बनेको छ । यहाँका डाँडाकाँडा हिउँले ढाकेर सेताम्यै बनेका छन् भने करिब तीन फिटसम्म हिउँ जमेको स्थानीयले बताए छन् । चित्रे, बसन्तपुर, देउराली, तिनजुरे पाथीभरा, पाँचपोखरी लगायत उच्च लेकाली क्षेत्रमा बाक्लो हिउँ परिरहेको छ ।
बाक्लो हिउँ परिरहेकाले यहाँका नागरिकलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । बाक्लो हिउँ परिरहेका कारण सडकमा सवारीसाधन गुड्न समेत समस्या भएको छ । हिउँ परेपछि घरको छानादेखि सडक, वनजंगल हिँउले ढाकेर सेताम्यै बनेको छ । हिउँका कारण अत्यधिक चिसो बढेको जस्ले गर्दा नागरिकलाई हिँडडुल गर्न समस्या भएको छ ।
हिउँ पर्न थालेसँगै चिसो बढेकाले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाएका छन् । चिसोले बालबालिका तथा वृद्धवृद्धाहरुलाई बढी असर गर्ने भएकाले ख्याल गर्न स्वास्थ्यकर्मीले सुझाप दिएका हुन् । उच्च भागका किसान वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । यो वर्ष समयमै हिउँ परेकाले गहुँ बाली सप्रिने आशा पलाएको किसानको बताएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP