त्रिविको कमजोरीको कारण विद्यार्थीहरुमा मानसिक असर पर्न थालेको छ । प्राध्यापकले परीक्षण गर्न लगेका उत्तरपुुस्तिका समयमै फिर्ता नगर्दा त्रिभुवन विश्वविद्यालयले गर्ने परीक्षाको नतिजा प्रकाशनमा ढिलाइ हुने गरेको छ । कतिपय अवस्थामा प्राध्यापकले उत्तरपुस्तिक परीक्षण गर्न घर लगेर अन्य व्यक्तिलाई नै परीक्षण गर्न लगाउने गरेको गुनासोहरु पनि त्रिविमा प्रशस्त छ । घरमा लगेको उत्तरपुस्तिका हराएपछि विद्यार्थीको दोहो–याएर परीक्षा गरिएको पनि उदाहरण त्रिविमा प्रशस्तै छ ।
त्रिविमा सामान्यतया परीक्षा सम्पन्न भएको तीन महिनाभित्र नतिजा प्रकाशन गर्नुपर्ने नियम छ । स्नातक तहका केही विषयको परीक्षा सकिएको एक वर्ष बितिसक्दा पनि नतिजा अझै प्रकाशन भएको छैन ।
दोस्रो वर्षको केही विषयको परीक्षा गत फागुनमै सकिएको थियो । सोही तहका केही विषयको परीक्षा गत भदौमा सम्पन्न भएको थियो । परीक्षा सञ्चालन भइरहँदा कोरोना सङ्क्रमण फैलिएपछि जारी गरिएको निषेधाज्ञा, लकडाउनका कारण बाँकी रहेको परीक्षा भदौमा सारिएको थियो । दोस्रो वर्षको परीक्षा दिएर तेस्रो वर्षको पढाइसमेत सकिइसकेको बिध्यार्थीहरुको भनाई रहेको छ । तर, अघिल्लो वर्षकै नतिजा नआउँदा आफूहरूलाई तनाव भएको विद्यार्थीहरुको गुनासो रहेको छ ।
परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाको नतिजा आउन अझै केही हप्ता लाग्ने जानकारी दिनुभएको छ । प्राध्यापकबाट उत्तरपुस्तिका परीक्षण र सम्परीक्षणमा ढिलो हुँदा समयमै नतिजा प्रकाशन गर्न नसकिएको जोशीको भनाई रहेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP