घरभाडामा बस्नेहरुसँग बढी बिजुली महशुल लीएमा, घरधनीलाई कारर्वाही !

पुस १३, २०७८


नेपाल विद्युत प्राधिकरणले भाडामा बस्नेसँग बढी महशुल लिएको खण्डमा ग्राहकहरुको घरमा लाइन काट्ने भएको छ । धेरैजसो घरधनीहरुले डेरावालसँग बिजुलीको बढी महशुल लिने गरेको गुनासो बारम्बार सुनिदै आएको छ । प्राधिकरणले हालै संशोधन गरेको विद्युत महशुल संकलन विनियमावलीमा घरधनीले डेरामा बस्नेसँग निर्धारित भन्दा बढी महशुल लिएमा बिजुलीको लाइन काटिदिने व्यवस्था गरिएको छ ।

प्राधिकरणको महशुल दर प्रतियुनिट न्यूनतम ३ रुपैयाँदेखि अधिकतम १२ रुपैयाँसम्म रहेको छ । तर, घरधनीले भाडावालसँग विद्युत महशुल प्रतियुनिट १५ देखि २० रुपैयाँसम्म लिने गरेको भेटिन्छ । धेरैजसो घरबेटीले प्रत्येक फ्ल्याटमा वा कोठामा राखेको सबमिटरमा उठेको युनिटका आधारमा प्रतियुनिट १५ रुपैयाँभन्दा बढी दरले भाडावालसँग महशुल उठाउँछन् । ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महशुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेरावालले आफ्नो क्षेत्रको विद्युत वितरण केन्द्रमा उजुरी गर्न सक्छन् ।

यस्तो उजुरी आउने वित्तिकै प्राधिकरणले सम्बन्धित घरधनीलाई बोलाएर सचेत गराउनेछ । तर, अटेरी गरेकोमा लाइन काटिदिने प्राधिकरणको भनाई रहेको छ । प्राधिकरणले तोकेको भन्दा बढी महशुल बुझाउनुपर्दा पनि डेरावाल बाध्य भएर बढी महशुल बुझाउँदै आइरहेका थिए । विद्युत प्राधिकरणले भाडामा बस्नेहरुले छुट्टै मिटर राख्न चाहेमा तुरुन्तै उपलब्ध गराउने नेपाल विद्युत प्राधिकरणले जानकारी गराएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP