डा. सिके राउत नेतृत्वको जनमत पार्टीले तीनदीन देखि जारी राखेको बन्द हड्तालका कारण धेरै सर्वसाधारणहरु जोखिममा परेको कारण जिल्ला प्रशासन कार्यालय सिरहाले आज बिहान ५ देखि भोलि बेलुका ७ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
पूर्वमा बलानखोला बाट पश्चिममा कमला नदीसम्मको पूर्वपश्चिम राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर–दक्षिण ५०० मिटर आसपासको क्षेत्रसम्म निषेधाज्ञा जारी गरीने र सिरहाको चोहर्वाबाट सिरहा सडकखण्डको पिकेराज इन्टरप्राइजेज सम्म साथै ५०० मिटर पूर्व–पश्चिम आसपासका क्षेत्रसम्म निषेधाज्ञा जारी गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
बाहिर हिँडडुल गर्न, भेला हुन तथा राजनीतिक सभाहरू गर्न नपाउने गरी निषेधाज्ञा जारी गरिएको छ । राष्ट्रिय लोकमार्ग र सिरहा चोहर्वा सडकखण्डमा यातायात भने सुचारु रहने छ । आदेश उल्लंघन गर्नेलाई कानून बमोजिम कारवाही गरिने समेत विज्ञप्तीमा उल्लेख गरीएको छ ।
सिरहाको औरही गाउँपालिकाले गहुँको बीउ बाँड्न ढिलाइ गरेको भन्दै किसानहरूले गाउँपालिकाको गोदामबाट गहुँ लगेका थिए । गहुँको बीउ लुटपाटमा संलग्न रहेको किसानलाई प्रहरीले पक्राउ गरेको भन्दै जनमत पार्टीले गत आइतबारदेखि सिरहा बन्दको आह्वान गरेको हो । झुटो मुद्दामा पक्राउ परेका किसानलाई रिहा गर्नुपर्ने मागसहित जनमत पार्टीले बन्द र हड्ताल गर्दै आएका छन् । उसै क्रममा जनमत पार्टीका कार्यकर्ताहरुले गाडीहरु तोडफोड गरेका छन् र ट्रक जलाएका पनी छन्, सो ट्रक जलाएको भीडीयो अहीले सामाजीक संञ्जालमा भाईरल भईराखेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP