सुनसरीमा ए डिभिजन जिल्ला लिग फुटबल प्रतियोगिता यही पुष १५ गतेदेखि हुने भएको छ ।
कोरोना भाइरस संक्रमणका कारण दुई बर्ष देखि रोकिएको जिल्ला लिग अखिल नेपाल फुटबल संघ एन्फा सुनसरीले गर्ने तयारी गरेको हो । ए डिभिजन जिल्ला लिगमा सुनसरीका ८ टिमले प्रतिष्पर्धा गर्ने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिए । प्रतियोगिता इटहरी रंगशालामा १० दिनसम्म चल्नेछ । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई समुहमा बिभाजित गरिएको छ ।
समुह क मा गोधुली क्लब धरान, एलेभन एरोज क्लब दुहबी, न्यू स्टार क्लब बराहक्षेत्र, गोल्डेन स्टार क्लब दुहबी रहेका छन । यस्तै समुह ख मा धरानको टेम्के फुटबल क्लब र धरान फुटबल क्लब धरान रहेका छन भने इटहरीका राष्टिय जागृती क्लब र इटहरी फुटबल क्लब रहेको एन्फा सुनसरीले जनाएको छ ।
कुल १७ लाख रुपैया खर्च हुने अनुमान गरिएको लिगको फाइनल खेल बिजेताले ५१ हजार नगद पुरस्कार पाउनेछ भने उपबिजेता टिमले ३० हजार रुपैया पुरस्कार पाउने एन्फा सुनसरी महासचिव भेषराज कार्कीले जानकारी दिए । ए डिभिजन लिग सकिए लगत्तै जिल्लास्तरिय बी डिभिजन लिग सुरु गरिनेछ । प्रतियोगितालाई नेपाल आइसले प्रायोजन गरेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP