सोलुखोला दुधकोशी जलविद्युत् आयोजना परीक्षणका क्रममा दुई इन्जिनियरको मृत्यु, एक घाइते

दिप खबर
पुस १२, २०७८

सोलुखुम्बुमा निर्माण भइरहेको सोलुखोला दुधकोशी जलविद्युत् आयोजनामा परीक्षणका क्रममा दुई जना इन्जिनियरको मृत्यु भएको छ । परीक्षणका क्रममा पानीको पाइप फुट्दा दुई जनाको मृत्यु भएको हो भने एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा माछापुच्छ्रे मेटल एन्ड मेकानिकल कम्पनीका इन्जिनियर अछामका २६ वर्षीय सुवास रेग्मी र काभ्रे घर भएका कन्सल्ट्यान्ट इन्जिनियर २९ वर्षीय अर्जुन थापा रहेका छन् । पाइप विस्फोटमा परि परियोजना व्यवस्थापक विराटनगरका मोहम्मद राइन गम्भीर घाइते छन् । उनको काठमाडौँको ग्रान्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

थुलुङ दुधकोसी गाउँपालिका ३ मा निर्माणाधीन सुरुङ मार्गको काम सम्पन्न गरी विद्युत् उत्पादनको अन्तिम तयारीमा रहेको आयोजनामा पानी परीक्षण गर्ने क्रममा फलामको पाइपमा पानी हाल्ने क्रममा पाइप पड्किएपछि घटना भएको हो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP