पुस २६ गते प्रेस चौतारी सुनसरीको अधिवेशन, ३ उपसमिति गठन

दिप खबर
पुस १२, २०७८

प्रेस चौतारी सुनसरीको नवौँ अधिवेशन पुस २६ गते इटहरीमा हुने भएको छ । इटहरीको दुर्गा पार्टी प्यालेसमा हुने अधिवेशनको लागि ३१ सदस्यीय अधिवेशन आयोजक कमिटी समेत बनाइएको चौतारी सुनसरी अध्यक्ष शेखर ढकालले बताए ।

नवौँ अधिवेशनले नेतृत्व समेत छान्ने भएकाले चौतारीको अधिवेशनलाई चासोको साथ हेरिएको छ । अधिवेशन आयोजना गर्न चौतारीले ३ ओटा उपसमिति बनाएको छ । जसमा, शुभद्रा प्याकुरेलको संयोजकत्वमा आर्थिक उपसमिति, दिनेश गजमेरको संयोजकत्वमा संगठन विस्तार उपसमिति र विकास चाम्लिङको संयोजकत्वमा व्यवस्थापन उपसमिति गठन गरेको छ ।

अधिवेशनमा चौतारीका करिब २५० बढी प्रतिनिधिहरू सहभागी हुने जनाइएको छ । अधिवेशनकै अवसरमा चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष किसोर कुमार कार्कीले बुबाको नाममा स्थापना गरेको गोपाल कार्की सृजनशील पत्रकारिता पुरस्कार र उदीयमान पत्रकारिता पुरस्कार समेत वितरण गर्ने जनाइएको छ । कोरोनाको कारण अघिल्लो वर्ष देखि रोकिएको सो पुरस्कार एकै पटक वितरण गरिने छ ।

चौतारीका केन्द्रीय उपाध्यक्ष लीलाराज भट्टराईको संयोजकत्वमा सदस्यमा देवेन्द्र कार्की,रोहित राई,शुकदेव चौधरीको पुरस्कार छनोट समितिमा समेत चौतारीको बैठकले निर्णय गरेको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP