धरानमा बजाजको पाँच दिने एक्सचेन्ज एन्ड अपग्रेड महामेला”

दिप खबर
पुस १२, २०७८

ग्राहकको अधिक माग एवम् अङ्ग्रेजी नयाँ वर्ष २०२२ को अवसरमा धरानमा हिजो (मंगलबार) देखि बजाजको एक्सचेन्ज एन्ड अपग्रेड महामेला सञ्चालन भएको छ ।

नेपालमा सर्वाधिक बिक्री हुने मोटरसाइकल एवं लोकप्रिय ब्रान्ड बजाजको धरानका लागि आधिकारिक विक्रेता अर्विन एन्ड ब्रदर्श अटोले आज देखि आफ्नै सोरुम परिसरमा एक्सचेन्ज एन्ड अपग्रेड महामेला सुरु गरेको हो ।

पुस ११ गते देखि १५ गते सम्म हुने महामेलामा पुरानो मोटरसाइकलको अधिक मूल्याङ्कन बजार मूल्य भन्दा १० हजार थप मूल्याङ्कन, शून्य प्रतिशत ब्याजदरमा सरल फाइनान्सको सुविधा, नगद तथा एक्सचेन्जबाट खरिद गर्ने ग्राहकहरूले विभिन्न उपहार तथा नगद जित्न सक्ने अर्विन एन्ड ब्रदर्स अटोका सञ्चालक अर्विन तामाङले जानकारी दिए ।

एक्सचेन्ज एन्ड अपग्रेड महामेलामा हरेक खरिदकर्ताले आकर्षक हेलमेट, लेगगार्ड, बाइक कभर र पञ्जा निःशुल्क प्राप्त गर्नेछन । ग्राहकले ३० प्रतिशत डाउन पेमेन्टबाट १३ प्रतिशत व्याजमा दुई बर्षे र ५० प्रतिशत पेमेन्ट गरे शून्य प्रतिशत व्याजमा १८ महिनाको किस्तामा समेत मोटरसाइकल खरिद गर्न सक्नेछन ।

नयाँ वर्षमा नयाँ सवारी भित्र्याउन चाहने ग्राहकहरूको लागी एक्चेञ्ज मेला फलादायि हुने सञ्चालक तामाङले बताए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP