सामाजिक सञ्जाल फेसबुक ग्रुप क्षेत्री डाँडो हासोँ मज्जाक रमाइलो मनोरञ्जनको लागि मात्र नभएर सामजिक कार्यमा समेत सक्रिय बन्न थालेको छ ।
खोटाङ्गको खोटेहाङ गाउँपालिका ४ दियाले नौला बस्ने ९ मा अध्ययनरत १४ वर्षीया छात्रा कविता विश्वकर्मालाई नगद १० हजार आर्थिक सहयोग गरेको छ । विश्वकर्माको दुबै मृगौलामा समस्या भई त्रिभुवन शिक्षण अस्पताल काठमाण्डौमा उपचाररत उनलाई डाँडो नामक फेसबुक ग्रुपले उक्त रकम हस्तान्तरण गरेको हो । उमेश कोइरालाको संयोजकत्वमा सुमन कार्की, राम बाबु न्यौपाने, नविना दाहाल, निता खत्री लगायतका अन्य साथीहरु जुटेर सहयोग रकम संकलन गरिएको हो।
ग्रुपमा सबै साथीहरुले परोपकारी भावना देखाउँदै सहयोग र समर्थन गर्दै आएका छन् । सहयोगी मनहरुले गर्दा अगाडि पनि थुप्रै पटक सामाजिक कार्य गर्दै आइरहेको समेत ग्रुप एडमिन उमेश कोइरालाले बताए ।
ग्रुपकी सक्रिय एडमिन नविना दाहालले रकम ठूलो धन राशि नभएता पनि विरामीको घाउमा मलम बन्न सकोस भन्दै सहयोग गरिएको बताइन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP