तालतलैया विकास तथा संरक्षण समितिको निर्वाचनमा खनालको प्यानलै विजयी

दिप खबर
पुस १०, २०७८

इटहरी स्थित तालतलैया विकास तथा संरक्षण समितिको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा नेकपा एमाले पक्षको प्यानल नै विजयी भएको छ । नेपाली काङ्ग्रेस र नेकपा एमाले आ-आफ्नो प्यानल बनाएर निर्वाचनमा सहभागी भएका थिए । जसमा एमाले पक्षधर प्यानल नै विजयी भएको छ । अध्यक्षमा एमाले तर्फबाट लक्ष्मी प्रसाद खनाल २ मतले उनका प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका राजु बस्नेतलाई पराजित गरेका हुन् । खनालले ४७ मत पाए भने बस्नेतले ४५ मत पाएका थिए । त्यस्तै उपाध्यक्षमा खनाल प्यानलका कमल कुमार राई निर्वाचित भएका छन् । उनले बस्नेत प्यानलका घनश्याम दाहाललाई १६ मतान्तरले पराजित गरेका हुन् । राईले ५१ मत पाए भने दाहालले ३५ मत पाए । महासचिवमा ५२ मत ल्याउँदै खनाल प्यानलका कुमार सुन्दास चयन भए । बस्नेत प्यानलका रवि ओझाले ३९ मत ल्याए ।
यता सचिव पदमा पनि खनाल प्यानलका कृष्ण प्रसाद दंगाल निर्वाचित भए । उनले बस्नेत प्यानलका उमा आचार्यलाई ७ मतान्तरले पराजित गरेका हुन् । दंगालले ४८ मत ल्याए भने आचार्यले ४१ मत ल्याएका थिए ।
त्यस्तै खुल्ला सदस्यमा पनि खनाल प्यानल नै विजयी भएको छ ।
सदस्यमा खेमराज पोख्रेल, बाल कुमार राई, निरञ्जन गिरी, देवराज मादेन, विनोद कुमार कार्की, काली बहादुर लिम्बु, चन्द्र बहादुर कटुवाल निर्वाचित भए ।
यता महिला सदस्यमा पनि खनाल प्यानलका मुना गुरागाईँ तामाङ, गीता सुवेदी, घनश्याम थापा पाण्डे, गोमा माया तामाङ र अनिल कुमारी राई निर्वाचित भएका छन् ।
लेखा संयोजकमा खनाल पक्षका युग प्रिय निरौलाले जित हासिल गरे । लेखा सदस्यमा होमनाथ नेपाल र मदन प्रसाद शर्मा निर्वाचित भएका छन् । दुवै खनाल प्यानलका हुन् ।
यस अघिको नेतृत्वमा पनि नेकपा एमाले निकट पक्षले नै नेतृत्व गरेको थियो ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP