इटहरीमा ट्रकको ठक्करबाट ६२ वर्षीय महिलाको मृत्यु, स्थानीयले गरे सडक अबरुद्ध

दिप खबर
पुस ९, २०७८

इटहरीको हलगडामा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । कोशी राजमार्ग अन्तर्गत इटहरीबाट धरान जाँदै गरेको ट्रकको ठक्करबाट इटहरी ४ बस्ने ६२ वर्षीय देवी खड्काको ज्यान गएको हो ।

कुखुरालाई चारो लिएर घर फर्किँदै गरेकी खड्कालाई प्र १–०–२०० ख ८६५२ नम्बरको ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएकी उनलाई उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादैं गर्दा मृत्यु भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।

ट्रक चालक पेम्बा शेर्पालाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ।
दुर्घटना भएपछि स्थानीयले इटहरी धरान मुख्य राजर्माग केही बेर टायर बालेर अबरुद्ध समेत गरेका थिए । अहिले सो सडक पुर्ण रुपमा सञ्चालनमा आएको छ ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP