विराटनगर :आरोहण गुरुकुल (सुशिला कोइराला नाटकघर विराटनगरमा प्रसिद्ध लोक लयमाआधारीत ‘खरानीको डोरी’ नाटक मञ्चन हुने भएको छ । विराट आदर्श आहित्यमञ्चको पाँचौ प्रस्तुतीको रूपमाउक्त नाटक भोली बुधबार ४ बजेबाट मञ्चनहुने छ ।
नाटकमा विराटनगरका विभिन्न स्कुलकलेजमा पढ्ने विद्यार्थीको अभिनय रहेको छ । खरानीको डोरीको नाट्य रूपान्तरण कटवाल दीपकले गरेकाहुनभने यसको निर्देशन प्रवेश तिम्सिनाले गरेका हुन ।
नाटकमा प्रदिपदाहाल, अनिलखत्री, अतित निरौला, विकल्पदाहाल, विकेश बस्नेत, पुजा कटवाल, दीक्षातिमल्सिना, तिर्थराजविश्वकर्मा, सुगल अधिकारी, निर्जल पौडेल र नगेन्द्र खड्काको अभिनय रहेको छ ।
विराटन आदर्श साहित्यमञ्चको आयोजनामामञ्चनहुनगइरहेको नाटकमा मोरङ हिसान र प्याब्सनविराटनगरले सहकार्य गरेका छन् ।
अन्याय, अत्याचार र सामन्तवादको अन्त्य हुनुपर्छ भन्ने कुरालाई नाटकमा चित्रण गरिएको मञ्चकाअध्यक्ष कटवाल दीपकले बताए । भोली बुधबार ४ः३० बजेबाट नाटक मञ्चनहुने उनले जानकारी दिए ।
नाटक भोलीबुधबार ८ गते बाट १७ गतेसम्म मञ्चन हुनेछ । बिहिबारबाट हरेकदिन १०ः३० बजे र १२ः३० बजे गरेर दैनिक दुई सो नाटक मञ्चन हुने उनले बताए । नाटक हेर्नका लागि विद्यार्थीका लागि १ सय र अन्यव्यक्तिकालागि २ सय शुल्क राखिएको उनले बताए ।
मञ्चले यो भन्दा अगाडी ‘मुनामदन’, ‘छिँडीभरीको आकाश’लगायतका नाटक सफतापूर्वक मञ्चन गरिसकेको छ ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP