नेकपा एकिकृत समाजवादी सुनसरीले जिल्लाका शहरी तथा ग्रामिण क्षेत्रका टोल वस्तीमा भुमिगत राजनितिको झल्को दिने गरि रातीको समयमा संगठन विस्तार अभियान चलाएको छ ।
नेकपा एसका केन्द्रिय सदस्य केशवकुमार विष्टका अनुसार शहर बजार क्षेत्रका स्थानियहरु दिनभर व्यापार व्यवसाय लगायतका रोजगारमुलक कार्यमा व्यस्त हुने भएकाले सवैजना एकसाथ भेला हुन समस्या भएपछि उनीहरुको आग्रहमा रातीको समयमा संगठन विस्तार गर्न थालिएको हो ।
केन्द्रिय सदस्य विष्टले सुनसरीका १२ वटा पालिकाका १ सय २४ वडामध्ये धरान, इटहरी, दुहवीका शहर बजारमा रहेका वडाका अधिकाश स्थानियहरु रोजगारीमा प्रत्यक्ष रुपमा जोडिएका संगठन निमार्ण अभियान रातीको समयमा गर्दा ठुलो सख्याँमा मानिसहरु भेलाजम्मा हुने भएकाले भुमिगत शैलीको देखिएपनि सवैजना एकसाथ भेला हुदाँ राजनितिक छलफल राम्रोसँग हुने गरेको बताए ।
नेकपा एसका इटहरी उपमहानगरपालिकाका इन्चार्ज केवल फुयालले इटहरीका अधिकाश वडामा रहेका पार्टीका समर्थक शुभचिन्तकहरु दिनभर काममा व्यस्त भएपछि उनीहरुले साझपरेपछि सवैजना भेला हुन समय मिलाउदै हामीलाई बोलाउन थाल्नु भएकाले पञ्चायतकालमा मालेकालिन संगठन निमार्णको झल्कोदिने गरि पार्टीको कमिटीहरु गठन गर्न थालिएको बताए ।
नेकपा एसले इटहरी १४ नं वडामा सुर्यनारायण चौधरी अध्यक्ष रहेको ५१ सदस्य कमिटीमा उपाध्यक्ष पुष्पा चौधरी, सचिव पुजा चौधरी र उपसचिव कैला पासवान चयन भएका छन ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP