७६ बर्षदेखि वेपत्ता ताप्लेजुङ फुङलिङका देउ नारायण सिग्देलको कुशको शव वनाएर आज इटहरीमा अन्त्यष्टि गरिएको छ । इटहरी स्थित प्रणामी मन्दिरमा वस्दै आएकी उनकी श्रीमति भागिरथाको हिजो निधन भएपछि श्रीमान श्रीमति दुवै जनाको अन्त्यष्टि गरिएको उनका आफन्त लक्ष्मी गौतमले जानकारी दिए । श्रीमान देउनारायणको कुशको शव वनाएर अन्त्यष्टि गरिएको हो ।
देउनारायणको २००२ सालमा विवाह भएको थियो । विवाह भएको एक महिना देखिनै उहाँ वेपत्ता हुनुहुन्थ्यो । श्रीमान वेपत्ता भएपछि उनकी श्रीमति केहि वर्ष माइती वसेर चार दशकदेखि इटहरी स्थित प्रणामी मन्दिरमा वस्दै आएकी थिइन् । उनको ९० बर्षको उमेरमा हिजो साँझ निधन भएको हो । उनीहरुका सन्तान नभएकाले भजितहरुले काजकिरिया गर्ने भएका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP