संखुवासभाको पाँचखपन नगरपालिका ३ मा श्रीमानद्वारा श्रीमतीको निर्मम हत्या गरेका छन् ।
३३ वर्षीय दिपन राईले आफ्नै श्रीमती २७ बर्षिया विष्णुमाया लिम्बुलाई कुटपिट गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
मृतकको शरिरको विभिन्न भागमा निल डाम रहेको, स्तन र टाउकोमा भने गहिरो चोट रहेको वडाध्यक्ष शुक्रराज राईले जानकारी दिए ।
मृतकको सिरानीमा ह्याम्मर भेटिएको र दागको प्रकृति हेर्दा ह्याम्मरसहित अन्य हतियार प्रयोग भएको बुभिएको छ । शव पोष्टमार्टमको लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ भने श्रीमान् दिपन प्रहरीको नियन्त्रणमा रहेका छन् ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP