वीपी प्रतिष्ठानमा प्रसुती गराउने क्रममा बच्चाको मृत्यु, आफन्त आन्दोलित

दिप खबर
पुस ५, २०७८

धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाइनो अप्रेसन थिएटरमा तोडफोड भएको छ ।

धरान १३ की २५ बर्षीय गर्भवती आस्था चौहानको अप्रेसनमार्फत प्रसुती गराउने क्रममा बच्चाको मृत्यु भएपछि तोडफोड भएको हो । मृतकका अभिभावकले अप्रेसन थिएटरको मुल ढोकाको सिसा तोडफोड गरेका छन् ।

मृतकका आफन्तले चिकित्सकहरुको लापरवाहीको कारण बच्चाको ज्यान गएको आरोप लगाए । चिकित्सकले भने अनुसार नै गर्भवती आस्थालाई अस्पताल भर्ना गरिएको र व्यथाले च्यापेर गाह्रो भएपछि अप्रेसन गर्न आग्रह गर्दा पनि चिकित्सकहरुले वेवस्ता गरेको काका चित्र कार्कीले बताए ।

यता गाइनो विभागका चिकित्सकले भने कर्ड कोल्याप्स भएको बताएका छन् । विभागका चिकित्सक डा.मनोज साहका अनुसार बच्चा पहिला निस्केपछि मात्र साल र नाल निस्कनु पर्नेमा पहिला नाल निस्किएको थियो । ‘इर्मजेन्सी कन्डिसन भयो, नाल पहिला निस्कदा टाउकोले थिचिन्छ र रगत सञ्चार कम हुन्छ,’उनले भने,‘थाह पाउनुबित्तिकै अप्रेसन थिएटर लग्यौ, अप्रेसन गर्यौ तर बच्चा बचाउन सकेनौ ।’

आफन्तजनहरुले अप्रेसन गरिदिन भनेपनि अप्रेसन गर्नुपर्ने कारण नभै नगरिएको उनको भनाई छ । ‘अप्रेसन गर्नुपर्ने कारण थिएन । हाम्रो ओटि चौबिसै घण्टा चलिरहेकै हुन्छ,’उनले भने ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP