इटहरीमा रहेको ईम्पेरिओ पेन्ट्स र श्री कन्सल्टको प्रायोजनमा विभिन्न क्षेत्रमा काम गर्ने १० जना मजदुरलाई सुरक्षा सामग्री प्रदान गरेको छ । प्रदेश १ भौतिक मन्त्रालयका सचिव इन्जिनियर मोहन चापागाईँ र इटहरी उपमहानगर ६ का वडा सदस्य अरुण गुरुङले आधारधुत सुरक्षा सामग्री हस्तान्तरण गरेका हुन् ।
दुई कम्पनीले विभिन्न क्षेत्रमा जोखिम उठाएर काम गर्ने मजदुरलाई टाउकोमा लगाउने हेलमेट, आँखामा चस्मा र काम गर्दा प्रयोग गर्ने ज्याकेट प्रदान गरिएको श्री कन्सल्टका इन्जिनियर प्रशान्त पोखरेलले जानकारी दिए ।
उनले मजदुर जुन काम गर्दा पनि सुरक्षा र सावधानी अपनाएर गर्नु पर्ने भएकाले उक्त सामग्री प्रदान गरिएको बताए । पोखरेलले ईम्पेरिओ पेन्ट्सका सञ्चालक विनोद सापकोटालाई विशेष धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्दै जाने समेत बताए ।
Copyright © 2023, Dipkhabar & Everest Media And Advertising Agency | All rights reserved.
BACK TO TOP