अदालतको फैसलाले वीपी प्रतिष्ठान तनावग्रस्त

दिप खबर
मंसिर २६, २०७८

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ ।

सर्वोच्च अदालतको आदेश पालना गराउने भन्दै कार्यकक्षमा उपकुलपति डा.ज्ञानेन्द्र गिरी प्रवेश गरेपछि विरोधमा उत्रिएका आन्दोलनकारीसँग प्रहरीको झडप भएको हो । आन्दोलनकारीहरुले उपकुलपति डा.गिरीलाई कुर्सीमा बस्ने नैतिक अधिकार नभएकोले बाहिर निस्कन आग्रह गरेका थिए । उपकुलपतिले उनीहरुको आग्रह नमानेपछि आन्दोलनकारीहरु कार्यालय प्रवेश गर्न खोज्दा प्रहरी र सेक्युरिटी गार्डहरुले प्रवेश गर्न नदिएपछि केही समय झडप भएको हो ।

आन्दोलनकारीले अदालतको आदेश अनुसार ताला खोलेपछि प्रतिष्ठानकै चिकित्सकहरुलाई प्रवेश गर्न नदिइनु आदेश विपरीत भएको भन्दै विरोध जनाए । उनीहरुले छानबिन प्रतिवेदनहरुले उपकुलपति डा।गिरीसहित पदाधिकारीहरुलाई कारबाही गर्न सिफारिश गरिसकेको कारण सिनेट बैठक नभै कार्यालय प्रवेश गरेर कुर्सीमा बस्न नदिइने पनि अडान लिएका छन् ।

प्रहरी र आन्दोलनकारीबीच झडप बढ्दै गएको र स्थिति थप तनावग्रस्त हुन थालेपछि भित्रि बाटो गरेर उपकुलपति डा।गिरी कार्यलयबाट बाहिरिएका थिए । त्यसअघि दिउँसो खाना खाने समय भएपछि अस्पताल निर्देशक प्रा।डा।गौरीशंकर साह पनि आफ्नो कार्यकक्ष प्रवेश गरेका थिए । उनलाई पनि आन्दोलनकारीहरुले कार्यकक्षबाट बाहिर निकालेका थिए । उपकुलपति डा.गिरी पनि दिउँसो करिब २ बजेपछि आफ्नो कार्यकक्ष प्रवेश गरेका थिए । यो कुरा थाह पाएका आन्दोलनकारीहरु उपकुलपति कार्यालय अघि भेला भएका थिए ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP