युवा संघ सुनसरी अध्यक्षमा वान्तवा, अनेरास्ववियू अध्यक्षमा नेपाल चयन

दिप खबर
मंसिर २६, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा सङ्घ नेपाल र अनेरास्ववियु सुनसरीको जिल्ला भेलाले जिल्ला कमिटी गठन गरेको छ ।

युवा सङ्घ नेपाल सुनसरीको अध्यक्षमा सोम लोङगली बान्तवा राई र अनेरास्ववियूको अध्यक्षमा अतीत किरण नेपाललाई चयन गरेको छ ।

युवा सङ्घ नेपाल सुनसरी १ सय १ सदस्य कमिटीको उपाध्यक्षमा विजय लिम्बु, समिम आलम र रितेश पोखरेल चयन भएका छन् । सङ्घको सचिवमा प्रकाश दाहाल, सहसचिवमा राजु कुलुङ राई, प्रतिमा खडका र निशान्त दाहाल कोषाध्यक्षमा दिक्षा चौधरी चयन भएका छन् ।

अनेरास्ववीयु सुनसरी जिल्ला कमिटीको ७१ सदस्य कार्यसमितिको उपाध्यक्षमा प्रतिरोध खतिवडा, विनय भट्टराई सचिवमा आशिष् प्रधान, सहसचिवमा रिता ढकाल, प्रजिन आचार्य, हेमराज खडका, अरुण कटुवाल कोषाध्यक्षमा अमित दाहाल चयन भएका छन् ।

थप समाचार

प्रतिक्रिया

ताजा अपडेट

ट्रेन्डिङ

BACK TO TOP